काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा बुधबार झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन १० अंकमाथिले सूचक घटेको बजारमा आज ०.०४ अंकले मात्र घट्दै २ हजार ६६२.०९ अंकमा अडिएको हो ।
तथापि, आज ८ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १० अंकले सूचक घट्दा ८ अर्ब ५७ करोड १७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक आज घटेको छ भने बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढेका छन् ।
आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS