काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४७ दशमलव ७५ अंकले बढेको छ ।
यो सँगै परिसूचक १ हजार ९०७ दशमलव ९५ विन्दुमा पुगेको छ ।
आज आइतबार ६५ लाख ३० हजार ६४३ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ५६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स २ दहमलव ५६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ ।
नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक रु सात करोड ३७ लाख १२ हजार दुई सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्स रु छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।
यस्तै,इन्फिनिटी लघुवित्त दुई दशमलब ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलब ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन् ।
शेयर बजारमा देखियो सुधारको सङ्केत, यस्तो छ समीक्षा
FACEBOOK COMMENTS