 
			                  			              
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार ३४.२२ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.३३ प्रतिशतले बढेर २६००.३८ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम दुई अर्ब रुपैयाँले बढेको छ । सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार (कात्तिक १२) पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
२१६ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।
पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक किनबेच भएको छ । यो बैंकको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिद–बिक्री भएको हो ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । म्युचुअल फन्डको परिसूचक ०.१८ प्रतिशतले घटेको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS