काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेप्से मंगलबार ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज समाज लघु र उन्नति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको शेयर मुल्य ७.३५ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ३९ करोड २८ लाख र ट्रेड टावरको ३७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS