काठमाडौं । अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ ।
सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेर बजारले यस्तै संकेत दिएको छ ।
मंगलबार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो ।
मंगलबार २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।
मंगलबार सुपरमाइ हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ ।
तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ ।
आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावरसहितका कम्पनीको धेरै कारोबार भएको छ ।
अर्थ मन्त्रीमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सम्हाल्ने लगभग पक्कापक्की हुँदा सेयर बजारले हरियालीका साथ स्वागत गरेको छ।
यद्यपि सुरुवाती चरणमा फराकिलो फड्को मारेको परिसूचक कारोबार बन्द हुनुअघि भने सुस्ताएको देखिन्छ।
FACEBOOK COMMENTS