काठमाडाैँ । साताको मंगलबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । योदिन नेप्से सूचक १४.०८ अंकले घटेर २ हजार७१५.०८ विन्दुमा आइपुगेको छ । यो दिने नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन करिब ११ अर्ब माथि को कारोबार भएको बजारमा यो दिन ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स पावर कम्पनीको १९ करोड रुपैयाँदेखि ३० करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
घटेको बजारमा पनि जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रो पावर,उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.१२ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्मले बढेको छ ।
घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको चार सप्तकोशी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS