काठमाडाैँ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २ हजार ६९९.८१ विन्दुमा आइपुगेको छ । यो साता दुईदिन लगातार बढेको बजार तीनदिन लगातार घट्दा बजार मनोवैज्ञानिक विन्दुबाट एक तह तल झरेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१५ कम्पनी १ करोड ८६ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा साहस उर्जा, नेपाल रिइन्स्योरेन्स,बरुण हाइड्रो पावर, सानिमा माइ हाइड्रो पावर, युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको १६ करोड १९ लाख रुपैयाँदेखि ३१ करोड ३५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा उपकार लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी,एनआइसी एशिया सेलेक्ट फण्ड ३०, रवा इनर्जी डेभलपमेन्टको ४.७० प्रतिशतदेखि १०प्रतिशतसम्मले घटेको छ । घटेको बजाररमा उपकार घलुवित्त वित्तीय संस्था,सेन्ट्रल फाइनान्स, सुपरमादी हाइड्रो पावर,मल्टीप्रपोज फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीको ४.१६ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेकोछ। यो दिन फाइनान्स समूहको सूचक बाहेक सबै समूहको सूचक घटेका छन् । यो सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक समूहको सूचक १.५३ प्रतिशतले समूहले घटेको छ । अन्य समूहको सूचक शून्य दशमलवले घटेका छन् ।
FACEBOOK COMMENTS