काठमाडाैं ।नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४ दशमलव ६१ अंकले बढेर २७९४ दशमलव ७८ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३४ करोड ८३ लाख ९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज केबिएल डिभेन्चर र थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर ८ दशमलव ४१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज माइ खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ७ दशमलव ८७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ६१ करोड ८७ लाख र राढ़ी विद्युत कम्पनीको ५६ लारोद ६९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS