काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा आइपुगेको छ। केही महिनादेखि निरन्तर ओरालो लागेको बजार मनोवैज्ञानिक तहभन्दा एक तह तल झरेको छ । यसले आम लगानीकर्ताहरुलाई शंशकित बनाएको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२७ कम्पनीको ९३ लाख ८६ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स, रिभर फल्स पावर, रसुवागढी हाइड्रो पावर,एनआएएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, नेपाल फाइनान्सको शेयर मूल्य ११ करोड रुपैयाँदेखि १९ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन तीनवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था,दोर्दी खोला जलविद्युत कम्पनी,ग्रीन भेन्चर लिमिटेड, दोल्टी पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै,ग्रीन डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, नेपाल फाइनान्स बोल्टलर नेपालको ५.३६प्रतिशतदेखि ८.८८ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS