काठमाडाैँ । साताका बुधबार दिन नेप्से परिसूचक ६.५३ अंकले बढेर ३ हजार ६५३.३८ विन्दुमा आइपुगेको छ । नेप्सेसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन पाँच अर्बमाथिको कारोबार भएको योदिन भने ६ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । ३०५ कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ । यो दिन सर्वाधिक कारोबार हुँदा न्यादी हाइड्रो पावर, सिन्धु विकास बैंक,सुपरमादी हाइड्रो पावर, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, नेपाल फाइनान्सको १४ करोड ७४ लाख रुपैयाँदेखि २२ करोड ५३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक,चिरख्वा हाइड्रोपावर लिमिटेड, सप्तकोशी डेभलपेन्ट बैंक,न्यादी हाइड्रो पावर कम्पनीको ९.३३ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बढेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था,बारही हाइड्रो पब्लिक लिमिटेड,त्रिशुली जलविद्युत कम्पनी,दोल्ती पावर कम्पनी लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.४८ अंकले घटेर १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS