काठमाडाैँ । साताको सोमबार दिन नेप्से परिसूचक१५.५४ अंकले घटेर दुई हजार ४ सय९४.१३ विन्दुमा आइपुगेको छ । योदिन नेप्से सूचक दोहोरो अंकले घट्दा बजार मनोवैज्ञानिक तहबाट सूचक एक तह तल झरेको हो । बजार घटेसँगै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।त्यस्तै, रिभर फल्स पावर,कुमारी धनवृद्धि योजनाको ४.६३ प्रतिशतदेखि ८.३६ प्रतिशतसम्मले घटेका छन् ।
घटेको बजारमा पनि बराही हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपरमादी हाइड्रो पावर, नारायणी डेभलपमेन्ट बैंक, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल एसबीआइ बैंकको शेयर मूल्य ७.३० प्रतिशतदेखि ८.८७ प्रतिशतसम्मले बढेको छ ।
यो दिन बजार घट्दा कारोबार रकम भने बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, न्यादी ग्रुप पावर हिमालयन पावर पार्टनर, सिन्धु विकास बैंक र तमो सानिमा मिडल तमोर हाइड्रो पावरकोशेयर १२ करोड रुपैयाँदेखि ४५ करोड २५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
FACEBOOK COMMENTS