काठमाडाैँ । साताको मंगलबार दिन नेप्से परिसूचक ५.०८ अंकले बढेर २ हजार ६१३.०८ विन्दुमा आइपुगेको छ ।आइतबारदेखि नेप्से सूचक सामान्य अंकले बढीरहेको छ । विशेषगरी सरकारले आर्थिक सुधारका लागि विभिन्न अध्यादेश मार्फत विभिन्न कानुनहरु ल्याएपछि आम लगानीकर्ता आशावादी भएका छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३११ कम्पनीको १ करोड १६ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । सिइडिबी होल्डिङ,सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल रिइन्स्योरेन्स, सुपरमादी हाइड्रो पावर, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर मूल्य १५ करोड ८३ लाख रुपैयाँदेखि २३ करोड ७६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन मन्दाकिनी हाइड्रो पावर, सप्तकोशी डेभलपमेन्ट बैंक,न्यादी ग्रुप पावर,सिइडीबी होल्डडिङ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ५.८२ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सामान्य अंकले बढेको बजारमा रिभरफल्स पावर, मानुषि लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्सको शेयर मूल्य ५.६७ प्रतिशतदेखि ८.९६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS