काठमाडौं । आज मंगलबार शेयरबजारमा उच्च अङ्कको गिरावट आएको छ ।
आज ८४.९० अङ्कले घटेर नेप्से परिसूचक २ हजार २६५ दशमलव ५२ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२१ ओटा धितोपत्रको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर ३३ हजार ६११ पटक खरीदविक्री हुँदा १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँ ८६ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू ऋणात्मक बनेका छन् । त्यस्तै नेप्सेका सबै उपसूचकहरू पनि आज ऋणात्मक बनेका छन् ।
FACEBOOK COMMENTS