काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक १४ दशमलव १० अंकले ओरालो लागेको छ । शुक्रबार नेप्से पसिुचक शुन्य दशमलव ७३ प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ ।
आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै ३० कम्पनीको शेयर बढ्दा १५१ कम्पनीको शेयरमा भने गिरावट आएको छ ।
आज बजार घट्दा सबैभन्दा धेरै रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी आज नविल व्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको १८ हजार ५३१ पटकको कारोबारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको २९ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७।८७ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५।७५ प्रतिशत बढेको छ।
यस दिन मिर्मिरे माइक्रोफाइनान्स रिभर फल्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
FACEBOOK COMMENTS