काठमाण्डौ । आज मंगलबार सेयर बजारमा ३८.८१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८३७.६० को विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले घटेर ३५८.८७ को विन्दुमा ओर्लेको छ भने कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएकाे छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.८३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.३७ प्रतिशतले घट्दा विकास बैंक समूहमा ३.२ प्रतिशतको गिरावट आएको छ।
मंगलबार नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँमा किनबेच भएका छन्। यस दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ कराड ७३ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड २६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड २७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ११ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको २ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
FACEBOOK COMMENTS