काठमाडौं । आज बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज ११.३२ अंकले बढेर नेप्से परिसुचक १८६६.४८ बिन्दुमा पुगेको छ ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेपनि उल्लेख्य वृद्धि हुन सकेको छैन् । आज २२३ कम्पनीको २० लाख ८५ हजार २४८ कित्ता शेयर किनबेचबाट कुल ६९ करोड १७ लाख ३७ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबैभन्दा धेरै २ करोड ४० लाखको कारोबार भएको छ भने रिडी पावर कम्पनीको २ करोड २ लाखको कारोबार भएको छ ।
आज अभियान लघुवित्तको शेयरमा सकारात्मक र्सिर्कट लागेको छ । बुधबार यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६०७.२० को बिन्दुमा पुगेको छ ।
FACEBOOK COMMENTS