काठमाडाैं । एक सातादेखि लगातार ओरालो लागेकाे शेयर बजार साेमबार भने बढेकाे छ । साेमबार २१.२९ अंकले बढेर परिसूचक १९०४.४५ काे बिन्दुमा पुगेकाे छ ।
यस दिन अघिल्लाे दिनकाे तुलनामा काराेबार रकम पनि बढेकाे छ ।
साेमबार २२६ कम्पनीकाे २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेचबाट कुल ९४ कराेड ६० लाख ८९ हजार ५२१ रूपैयाँ २२ पैसा बराबरकाे काराेबार भएकाे छ ।
साेमबार शिभम् सिमेन्टकाे सबैभन्दा धेरै रकमकाे काराेबार भएकाे छ । यस दिन शिवमकाे १० कराेड ९६ लाख ४२ हजार २७५ रूपैयाँ १० पैसा बराबरकाे शेयर काराेबार भएकाे छ । त्यसैगरी हिमालय डिस्टिलरीकाे ८ कराेड ९९ लाख ५ हजार ८३३ रूपैयाँ ९० पैसा र न्यादी ग्रुप पावरकाे ७ कराेड ८३ लाख ४५ हजार ९६३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज काराेबारमा आएका कम्पनीमध्य १७२ कम्पनीकाे शेयर मूल्य बढेकाे छ । जसमा तारागाउँ रेजेन्सी हाेटलकाे शेयर मूल्यमा सकरात्मक सर्किट लागेकाे छ । यसदिन तारागाउँकाे शेयर मूल्य ९.८४ प्रतिशतले बढेकाे छ ।
साेमबार ३९ कम्पनीकाे शेयर मूल्यमा गिरावट आएकाे छ ।
FACEBOOK COMMENTS