काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार ६.५९ अंकले घटेर परिसूचक १८९७.८६ को बिन्दुमा झरेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३३ अंकले ओरालो लागेको छ ।
आज बजार घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बृद्धि भएको हो ।
यसदिन २२९ कम्पनीका २७ लाख ४५ हजार १ सय ५ कित्ता शेयर किनबेचबाट १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीकाे सर्वाधिक ८ करोड २२ लाखको कारोबार भएको छ भने नेपाल लाइफ इन्साेरेन्सकाे ६ करोड ४ लाख, नेपाल दुरसंचार कम्पनीकाे ४ करोड ६७ लाख, शिवम् सिमेन्टकाे ४ करोड ४८ लाखको कारोबार भएको छ ।
मंगलबार ५९ वटा कम्पनीकाे शेयर मूल्य बढेकाे छ भने १५३ वटा कम्पनीकाे शेयर मूल्यमा गिरावट आएकाे छ ।
FACEBOOK COMMENTS