काठमाडाैं । साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३२.४३ अंकले बढेर १९६५.९८ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता शेयर खरीद बिक्रिबाट २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ १४ पैसाको कारोबार भएको छ ।
जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४५ करोड ४ लाखको कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ३ लाखको कारोबार भएको छ ।
त्यस्तै नेपाल टेलिकमको ९ करोड ७९ लाखको कारोबार भएको हुँदा शिवम सिमेन्टको ८ करोड १८ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका डिप्रोक्स लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको शेयर मूल्य ७.४३ प्रतिशतले बढेको छ ।
कुमारी बैंकको शेयर मूल्य ६.७७ प्रतिशतले बढ्दा ग्रिनलाइफ हाइड्रोको शेयर मूल्य ६.५७ प्रतिशत बढेको छ । आज सर्वाधिक गुमाउनेमा सामुहिक लगानी कोषका इकाई र ऋणपत्रहरु रहेका छन् ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् ।
जस मध्ये लघुवित्त समुह सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ भने फाइनान्स समुह २.२३ प्रतिशत बढेको छ ।
FACEBOOK COMMENTS