काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य सुधार देखिएको छ । सोमबार ३.८३ अंकले बढे्र परिसुचक १८५८.८९ को विन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका २५१ कम्पनीमध्ये १३८ कम्पनीको शेयर मूल्य बढेकाे छ भने ९१ वटा कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरि लघुवित्तको सेयर मूल्य बढे्काे छ । यसदिन उक्त कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, खप्तड लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य क्रमश ६.०८ र ५.९८ प्रतिशतले बढेकाे छ ।
सोमबार कुल ८८ करोड ६० लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS