काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ३.२१ ले बढेर २,५६५.१६ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँमा सेयर खरिदबिक्री भएको छ ।
सोमबार चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबबिक्री भएको थियो ।
आज १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०२ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

FACEBOOK COMMENTS