काठमाडौं । साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । यस दिन बजार ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेर परिसूचक २९३१.५५ विन्दु कायम भएको छ ।
६ करोड १४ लाख सात हजारभन्दा बढी कित्ता सेयर दुई लाख चार हजार ९५५ पटकका किनबेच हुँदा २३ अर्ब ५९ करोडको कारोबार भएको छ । आज ३६४ कम्पनीको सेयर किनबेच हुँदा १८३ कम्पनीको मूल्य बढ्यो भने ७३ वटाको घट्यो । यस्तै आठवटा कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन ।
६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
FACEBOOK COMMENTS