काठमाडाैं । नेप्से कर्मचारी संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कबाडीकाे भाउमा सिध्याउने खेल भएकाे प्रतिवेदन सार्वजनिक गरेकाे छ । धनाढ्य व्यापारीको प्रलोभनमा परी नेप्सेलाई टाट पल्टाएर कवाडीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको संघले सार्वजनिक गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
नेप्सेलार्ई धराशायी बनाउने नेपाल धितोपत्र बार्ड (सेबोन)को योजना निष्क्रिय पार्दै सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुपर्नेसम्बन्धी एक अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। ‘नियामक निकायका केही वरिष्ठ पात्रहरु धनाढ्य व्यापारीहरुको प्रभावमा परेर नेप्सेको अर्बौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिध्याउने बाटोमा हिँडेको प्रष्ट देखिएको छ’, प्रतिवेदनमा उल्लेख ।
संघकाे प्रतिवेदन अनुसार आर्थिक चलखेलका कारण सेबाेनले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन खाेजेकाे छ ।
प्रतिवेदनमा नेप्सेलाई सिध्याउन सेबोन र सीमित धनाढ्य व्यापारिक घरानाको कानुनी योजना रहेको उल्लेख छ। धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ को नियम (२) को उप नियम (१) मा भएको संशोधित व्यवस्था अनुसार “नयाँ धितोपत्र बजारको चुक्ता पूँजी कम्तीमा ३ अर्व रुपैयाँ हुनुपर्नेछ।” तर, “यो नियम प्रारम्भ हुँदाका बखत संचालनमा रहेको धितोपत्र बजारलाई चुक्तापुँजी ३ अर्व पुर्याउन अनिवार्य हुने छैन।”
यसका साथै यसैको नियम (२) को उपनियम (३) मा भएको संशोधित व्यवस्थाअनुसार “नयाँ धितोपत्र बजारले कारोबार सञ्चालन भएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नुपर्नेछ।” तर “यो नियम प्रारम्भ हुदाँका बखत संचालनमा रहेको धितोपत्र बजारलाई यो व्यवस्था लागु हुने छैन।”
प्रतिवेदनकाे पूर्णापाठ:
nepse union
FACEBOOK COMMENTS