काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ५४ विन्दुले बढेको छ ।
यससँगै सूचक २०७२ दशमलव ४५ अंकमा आएको छ । यो सेसनमा २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय ८९ वटा कारोबार भएको हो । यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS