काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुषमा १५औँ साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ । जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
FACEBOOK COMMENTS