काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण स्वीकृत भएको छ ।
हिजो बिहीबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरूमाथि व्यापक छलफल गरी वित्तीय विवरण स्वीकृत गरेको हो ।
वित्तीय विवरण स्वीकृत गरे पनि संस्थाले शेयरधनीको हात भने खाली बनाएको छ । बैठकको निर्णय अनुसार संस्थाले सो आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव तुलसी राम पाठकले जानकारी दिए ।
FACEBOOK COMMENTS