काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आज हुने भएको छ ।
नेष्डोले सेयरधनीलाई दिने लाभांश आज पारित गर्दैछ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान साढे ११ बजेबाट सुरु हुने छ । कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS