काठमाडौं । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
संघ र फाउन्डेशनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो बर्षका लागि करिब ८ हजार बिरामीहरुको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।
फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ ।
डाक फान्डेशनको सहयोगमा अहिलेसम्म करिब ५ लाख बिरामीहरुको आँखा जाँच गरी ५२ हजार बिरामीहरुको निशुल्क शल्यक्रिया समेत गरिएको बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन शाह ।
अष्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट संचालन गरेको फाउन्डेशनले हाले बिश्वका करिब १० देशका गरिबिको रेखामुनी रहेका नागरिकहरुलाई विभिन्न स्वास्थ सेवाहरु निशुल्क रुपमा प्रवाह गर्न अनुदान दिईरहेको छ । विश्वका ५ लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको बताउँछन् फाउन्डेशनका संस्थापक डेभ रिकार्ड ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेशनले महत्वपुर्ण सहयोग पुर्याइरहेको संघका कार्यकारी निर्देशक डा। शैलेसकुमार मिश्रले बताए
नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS