सुर्खेत । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगर पालिका-४, यरिचोकमा नयाँ शाखा खुलेकाे छ।
मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा शाखा समुद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिए ।
शाखाले नाफामुखी मात्र नभएर सहज, शुलभ, विश्वनीय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गरे ।
FACEBOOK COMMENTS