काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरी आइतबारदेखि कारोबार शुरु गरेको छ । बैंकले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ मा नयाँ शाखा विस्तार गरेको हो ।
नयाँ शाखा विस्तारसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकले सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवाबाट सुविधा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS