काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ ।
बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका थिए भने दोस्रो चरणमा १३ वटाले पाएका छन् ।ब्रोकरका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् । नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् ।
FACEBOOK COMMENTS