काठमाडौं । विवेकशील साझा पार्टीका बारेमा नयाँ केन्द्रीय सदस्यहरु रहेको निर्वाचन आयोगले अध्यावधिक गरेको छ । गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुई–तिहाइ भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो। साथै, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएको सो पार्टीले जनाएको छ ।
हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ। अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ। साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ। यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक रहेको र निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेको पाटीले जनाएको छ ।
अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध छैन। अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न समेत भनेको छ ।
FACEBOOK COMMENTS