भाद्र ३१, काठमाडौं । लामो समयको अन्तरालमा युनिकोडमा इमोजी थपिएको छ । कम्पनीले युनिकोड १४।० जारी गर्दै सलाम गरेको, अनुहार छोपेको, अनुहार पग्लिएको लगायतका ३७ इमोजी क्यारेक्टर ल्याएको छ ।
युनिकोडले इमोजीको यो समूह गत मार्चमा ल्याउने अपेक्षा गरिएको थियो । तर कोरोना भाइरसको महामारीका कारण ढिला गरी सार्वजनिक भएको हो ।
युनिकोड १४।० मा अनुहारको इमोजी मात्र नभएर अन्य अर्थपूर्ण ईमोजी समावेश गरिएको छ । जसमा ब्याट्री सकिएको, ओठ टोकेको, गर्भवती भएको लगायतका इमोजी छन् ।
इमोजीबाहेक यस संस्करणले ८३८ वटा नयाँ क्यारेक्टर र ७५ प्रकारका छालाको रङ ल्याएको छ ।
साथै पुरानो भर्सन १३।० मा भएका कमजोरीलाई पनि सुधार गरिएको छ । युनिकोड १४।० लाई २०२२ को सुरुबाटै गुगल, एप्पल, ट्वीटर लगायतका प्लेटफर्मले सपोर्ट गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS