काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको भन्दै निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम्, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेको थियो । सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले ‘मुलुकको अवस्था निकै संवेदनशील छ’ रहेको बताएकी हुन् । प्रधानमन्त्री कार्कीको सचिवलायका अनुसार उनले भनेकी छन्, ‘ प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ ।
समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ।’ यसका लागि भूमिका खेलिदिन पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डललाई समेत प्रधानमन्त्री कार्कीको आग्रह छ । निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्नेमा पनि प्रधानन्त्री कार्कीको जोड लरहेको छ ।
FACEBOOK COMMENTS