काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशमा लोडसेडिङ हुन नदिने बताएका छन् ।
सोमबार मन्त्रिपरिषद्को बैठकबाट नियुक्त भएका शाक्यले मङ्गलबार पत्रकारसँगको कुराकानीमा घरायसी ग्राहकलाई लोडसेडिङ नहुने स्पष्ट गरेका हुन् ।
यद्यपि, उद्योगहरूमा भने अहिले पनि लोडसेडिङ रहेको र आफू त्यसको समाधानमा लाग्ने उनले बताए ।
कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई न्याय गरेको बताए । अघिल्लो पटक कार्यकारी रहँदा आफूलाई बिचमै हटाएर कुलमान घिसिङलाई दिएको नियुक्तिपछि अधुरा रहेका योजना पूरा गर्ने अवसर अहिले मिलेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS