काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दल मिलेकै कारण आजको संकट नआएको बताएका छन् ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा बिहीबार काठमाडौंमा ओलीले अस्थिरता चाहनेले मुलुकमा भदौ २३ र २४ को घटना घटाएको बताए ।
‘ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन । अस्थिरताको चक्र चलाउन, संवैधानिक हिसाबले स्थिर सरकार नढल्ने भएपछि २३ र २४ को घटना घटाइएको हो,’ ओलीले भने, ‘तगारो नै राजनीतिक अस्थिरता हो । वैधानिक सीमाभित्र रहेर स्थिरताको लागि प्रयास गर्नु अपराध थिएन ।’
भदौ २४ मा देश जलाउने शक्तिलाई चिन्नुपर्ने उनको भनाइ छ । ‘भदौ २४ को अपराध छोप्न केहीले नयाँ शक्तिको मुकुण्डो लगाएका छन् । उनीहरूलाई चिन्न ढिलाइ गर्नु हुन्न,’ ओलीले भने ।
FACEBOOK COMMENTS