काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले न्युरोड क्षेत्रको पार्किङ्ग हटाएको प्रति विरोध जनाएको छ । बुधबार संघले विज्ञप्ति जारी गर्दै न्युरोड क्षेत्रमा संचालित पार्किङ्ग हटाउदाँ लाखौं व्यवसायी र सेवाग्राहीहरु अन्यायमा परेको भन्दै विज्ञप्ति जारी गरेको हो ।
महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो ।
उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । व्यवसायीहरु सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।
स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन सुरु गरेका छन् ।
हेनुहोस् उद्योग वाणिज्य संघ काठमाडौंले जारी गरेको विज्ञप्ति:
FACEBOOK COMMENTS