काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो ।
धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सोरुम शुभारम्भ कार्य सम्पन्न भयो । त्यसैगरी मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नु.बि. ट्रेडर्सको शुभारम्भ भएको छ । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे लगायतले सोरुम शुभारम्भ गरे । धादिङ र मन्थली दुवै स्थानमा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, वर्कसप तथा रिकन्डिसन व्यवसायी, सञ्चारकर्मी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधि र अन्य धेरैको सहभागिता रहेको कम्पनीको भनाइ छ । यी दुवै स्थान पहाडी भुभागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।
सोरुम शुभारम्भको अवसरमा सहभागीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै प्रत्येक मोटरसाइकल खरिदमा ३ दिनका लागि आकर्षक अफर प्रदान गरिने बताइएको छ । यस अनुसार एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजार सम्म मूल्यांकन गरिने छ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने छ । पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् । पहाडी र तराई जस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS