काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेञ्जको दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको प्रकृया यो सरकारले खुला गरेको हो ।
नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको सुझावको आधारमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्सका लागि अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको बताइएको छ ।
२०८० माघ ९ गते शिवाकोटीको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहे नरहेको अध्ययन गर्न समिति गठन भएको थियो ।
समितिले वैशाख १३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सकिने वा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी थप आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने सिफारिस गरिएको थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न दिइँदा प्रतिस्पर्धा हुने, सेयर बजार आधुनिक र नयाँ प्रविधियुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन बोर्डमा आवेदन दिएका छन् ।
FACEBOOK COMMENTS