![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ। बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ ।
इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् ।
यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३५ हजार रुपैयाँसम्मको नगद छुट, १२ हजार रुपैयाँबराबरको बेनेलीको हेल्मेट र एफवाई ०८०÷८१ को रोड ट्याक्स सहुलियत (सरकारी नियमअनुसार) तथा आकर्षक उपहारहरु पाउनेछन्।
बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके२५१, ३०२ एस, टीएनटी६००आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS