मस्को । नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरीक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरीक्षमा पहिलो पटक ‘भिड’ बढेकोे रुसी अन्तरीक्षनिकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरीक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।
सन् २०२२ को पहिलो दिन १० अन्तरीक्षयात्रीले पृथ्वीको कक्ष घुमेका थिए । सात जनाले अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरीक्ष स्टेसनमा घुमेका थिए ।,’ रुसी अन्तरीक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।
‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो,’ सो निकायले अगाडि भनेको छ ।
रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्षयात्रीले अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसन (आइएसएस) मा नयाँ वर्षको ‘इभ’ मनाएका छन् । रसियालीअन्तरीक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरीक्षमा मनाएका छन् ।
यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरीक्षमा पुग्ने गरेका थिए ।
FACEBOOK COMMENTS