होवार्टपछि जेरेमी कोर्न, जेफ क्रो, जोन राइट, बक मार्टिन क्रो, इयान स्मिथ, केन र दरफोर्ड, ली जर्मन, स्टिफन फ्लेमिङ, डियोन नास, ड्यानियल भेट्टोरी, रस टेलर, ब्रेन्डन म्याकुलम, टम लाथमले किबी टीमको कप्तानी समाल्ने अवसर पाए। तर, केही गर्न सकेनन्।
यसपटक भने ४० वर्षपछि केन विलियम्सनसँग इतिहास रच्ने अवसर छ। दुवै टोलीले यस प्रतियोगितामा हालसम्म १२ खेलाडीलाई मौका दिएका छन् भने सुपर–१२ मा एक एक खेल मात्र हारेका छन् ।
न्युजिल्याण्डले ४० वर्षसम्म गर्न नसकेको काम आज विश्वकपको फाइनलमा गर्न सक्छ वा अष्ट्रेलियाले फेरी इतिहास दोहोर्याउँछ ? यो प्रश्न सबैको जिज्ञासाको विषय बनेको छ। न्युजिल्याण्ड हालै आईसीसी प्रतियोगितामा सबैभन्दा सफल टोलीको रूपमा उभिएको छ। सन् २०१५ देखि यो टोलीले पाँचौं फाइनल खेल खेल्नेछ। सन् २०१९ काे एक दिवसीय विश्वकपमा पनि किवी टोली फाइनलमा पुगेको थियो।
तर, खेल र सुपर ओभरमा बराबरी भएपछि कम बाउन्ड्रीका आधारमा ट्रफीबाट वञ्चित भएको थियो । यस टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डको जितका नायक बनेका जेम्स निसमले एक दिवसीय विश्वकपको फाइनल खेलेका थिए। त्यसपछि उनी हारबाट यति निरास भए कि क्रिकेटर नबनेकै भए राम्रो हुन्थ्यो भन्ने सोच्न थाले। उनी क्रिकेटबाट सन्यास लिने सोचमा थिए। अब न्युजिल्यान्ड टोली र निसम दुवैसँग त्यो निरासालाई हटाउने र खुसी खोज्ने मौका आएकाे छ।
FACEBOOK COMMENTS