काठमाडौँ । न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेका हुन् ।
लक्सनले भनेका छन्– ’हामीले शान्ति बोर्डमा यसको हालको रूपमा सामेल नहुने निर्णय गरेका छौं ।’
ट्रम्पले गाजाको लागि शान्ति बोर्ड स्थापना गरेका छन् । गाजामा व्यापक शान्ति पहलको एक भागको रूपमा शासन, पुनर्निर्माण र लगानीको निरीक्षण गर्न यो बोर्ड स्थापना गरिएको हो । ट्रम्पले धेरै देशका नेताहरूलाई यस बोर्डमा सामेल हुन आमन्त्रित गरेका छन् । मध्यपूर्वी देशहरू टर्की, इजिप्ट, साउदी अरेबिया र कतार, साथै इन्डोनेसिया र पाकिस्तान, शान्ति बोर्डमा सामेल भएका छन् ।
FACEBOOK COMMENTS