काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुको शपथल सोमबार आज विहान आज बिहान साढे ११ बजेका लागि राखिएको छ ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका तीन सदस्यहरुको शपथ ग्रहणको समयबारे राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको हो ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार हिजो तीन जना मन्त्री नियुक्त गरेकी गरेकी छन । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा
मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको छ । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी गरिएको छ ।
FACEBOOK COMMENTS