काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ र एनआइसी एसिया बैक बीच बिना धितो कर्जा प्रवाह गर्नको लागि द्विपक्षीय सम्झौता भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको बिना धितो कर्जा लगानी सम्झौता र प्रक्रिया संम्बन्धि प्रशिक्षण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक संकटको घडिमा महासंघको पहलमा व्यवसायीहरुको सहयोगका लागि सम्झौता भएको बताए ।
व्यवसायीले शुरुमा पन्ध्र लाखसम्म कर्जा लिन पाउने छन् । उनले भने,जुन प्रयोजनको लागि कर्जा ल्याइने हो,त्यसैमा लगानी गर्ने हो भने तिर्न कुनै कठिनाई हुदैन् ।
कर्जा लिनको लागि कपडा सहित सिलाई व्यवसायी दर्ता भएको,करचुक्ता,संघमा आवद्द,नविकरण र लेखापरिक्षण आवश्यक पर्ने उनले बताए । बिना झन्झट सुपथ व्याज दरमा समस्यामा परेका व्यवसायी स्थापित गराउन सहयोग पुग्ने बिश्वास गरिएको उनले बताए ।
आर्थिक संकट भैरहेको अवस्थामा आर्थिक सहयोग पाए व्यवसायीलाई शुरुवाती अवस्थामा लैजान सक्ने थिए भन्ने व्यवसायीलाई यस किसिमको कर्जाले राहत मिल्ने उनको भनाई थियो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँका अध्यक्ष रामबहादुर गुँइदेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदस्य एवं प्रदेश संयोजक किसान सेवा,केन्द्रिय सदस्य एवं प्रदेश सदस्यरामबहादुर घले परियार लगायतका वक्ताहरुले व्यवसायी हकहितका लागि संगठित हुन आवश्यक रहेको औल्याएका थिए । भदौ महिनामा सम्झौता भएपनि निर्वाचनका कारण रोकिएकोले पुस महिनादेखि कर्जाको लागि प्रक्रिया अघि बढाइने अध्यक्ष श्रेष्ठले सो अवसरमा जानकारी दिए ।
FACEBOOK COMMENTS