गण्डकी । एनआईसी एशिया लघुवित्तले विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशअन्तर्गत लघुवित्तको मगरकोट शाखाले वैशाख २९ गते आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा स्थानिय जनप्रतिनिधि टेक नारायण महतो, मगरकोट उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्ट तथा शाखा प्रमुख गोपाल सुनारसहित कर्मचारीहरू र करिब ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, कर्णाली प्रदेशको बाङ्गेसिमल शाखाले पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा प्रदेश प्रमुख नवराज सिंह, अनुगमन अधिकृत गणेश पुन मगर, शाखा कर्मचारीहरू तथा ५५ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत दैलेखको बेस्तडा शाखाले वैशाख २७ देखि २९ सम्म ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियारलगायतको उपस्थिति थियो। सहभागी सदस्यहरूले तालिम अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।
लघुवित्तले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूले ग्रामीण भेगका महिलाहरूको वित्तीय चेतना र आयआर्जन क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
FACEBOOK COMMENTS