काठमाडौं । एनआईसी एसिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौतापछि बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । उक्त होटेलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा पाइने छ ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् ।
उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बूढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यो सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाइएको छ ।
FACEBOOK COMMENTS