एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।उनले हिजो बुधबार सीईओ पदबाट राजीमा दिएका हुन् ।आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरेको छ ।बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायमुकायम सीईओको जिम्मेवारी तोकेको छ ।