काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुरको ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनी कुमार झाले उक्त छुट पाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकमा खाता सञ्चालन गरेका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग (एनआईसी मो बैंक) एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्री डी, सीआरटी, आइएमआरटी,प्यालेटिभ केयर,भीम्याट र टीबीआई उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुटका साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।
मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS