काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ ।
मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका खनालले यस बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए । बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ ।
जसमध्ये घातक रोग बीमा वापत २७ जनाले रु। २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले रु। १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु। ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु। ४० लाखको दुर्घटना बीमा, रु। ४० लाखको घातक रोग बीमा र रु। ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु। ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु। ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
FACEBOOK COMMENTS